रासस श्रव्यदृश्य सेवाको शुभारम्भ
काठमाडाैं | साउन १, २०७९
काठमाण्डौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस)को श्रव्यदृष्य (भिडियो) सेवाको आज शुभारम्भ गर्नुभएको छ ।
रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोमा रिबन काटेर मन्त्री कार्कीले सो स्टुडियो र सेवा शुभारम्भ गर्नुभएको हो । विसं २०१८ फागुन ७ गतेदेखि राज्यको एकमात्र समाचार समितिका रुपमा अविच्छिन्नरुपमा सेवारत राससको श्रव्यदृष्य सेवा शुभारम्भका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री कार्की र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले शुभकामना सन्देश दिइ रासस दक्षिण एसियाकै उत्कृष्ट समाचार संस्थाका रुपमा विकास हुन सकोस् भनी कामना गर्नुभएको छ ।
मुलुकमा टेलिभिजनको संख्यात्मक वृद्धि र अनलाइन सञ्चारमाध्यमले पनि च्यानल सञ्चालनको क्रम बढाएसँगै रासस श्रव्यदृष्य सेवाको माग र सान्दर्भिकता देखिएको हो । विगतमा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै श्रव्यदृष्य सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो । त्यसबेला राससले श्रव्यदृष्य सेवालाई प्रविधिसम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

